Home » ययाबर by Brazesh
ययाबर Brazesh

ययाबर

Brazesh

Published
ISBN :
Hardcover
Enter the sum

 About the Book 

उपनयासको नायक यायावर भनछ, सबैका जीवनमा आआफना गाँठाहरु हुनछन जसलाई आफैले फोउनु परछ, नसके तिनैमा अलझिएर बाँचनु परछ । मनको दायाँ र बायाँ कुनाको पीङ र पीडामा बारमबार झुलिरहने, यौटा फरक जीवन भोगन वाधय निमनवरगको निरधो र निरदोष केटाको जीवनमा अनायास बननMoreउपन्यासको नायक यायावर भन्छ, सबैका जीवनमा आआफ्ना गाँठाहरु हुन्छन् जसलाई आफैले फोउनु पर्छ, नसके तिनैमा अल्झिएर बाँच्नु पर्छ । मनको दायाँ र बायाँ कुनाको पीङ र पीडामा बारम्बार झुलिरहने, यौटा फरक जीवन भोग्न वाध्य निम्नवर्गको निर्धो र निर्दोष केटाको जीवनमा अनायास बन्न पुगेका जटिल गाँठाहरु र तिनलाई पुकाउन उसले आजीवन गरेको संघर्षको मार्मिक कथा हो यो । रोचक शैलीमा बुनिएको र सरल भाषामा लेखिएको यस कथाको विषाय र प्रस्तुति सर्वथा नवीन छ । यो मर्मस्पर्शी उपन्यास समसामयिक आख्यान साहित्यको एक उपलब्धि हो ।-जगदीश घिमिरेसिर्जनाका विभिन्न घुम्तीहरुमा भेटिइरहने नाम हो, ब्रजेश । कहिले चलचित्र-लेखन र अभिनेतामा, कहिले स्तम्भकारका रुपमा । जुनसुकै विधालाई डोर्‍याए पनि उनी भीडमा परैबाट अलग्गै दृष्टि पर्ने उचाइमा उभिएका देखिन्थे र देखिन्छन् । यायावरसँग एउटा आख्यान-सर्जकको नितान्त बेग्लै विधामा पाइला टेक्ता पनि उनी त्यही उचाइमा उभिन सफल छन् । ‍औपन्यासिक शैली र प्रस्तुतिले उनलाई एउटा सफल उपन्यासकारका रुपमा स्थापित गर्ने छ भन्ने कुरामा द्विविधा छैन ।-रमण घिमिरेअसंख्य दृश्य, अदृश्य तहहरुले बनेको जटिल र अनित्य संरचना रहेछ समाज । यसका पत्र-पत्र बीचका अस्पष्ट सीमामा उभिएर यथार्थलाई नियाल्नु पीडादायी, भयावह र कुनै बेला दिगमिग लाग्दो हुन्छ । जिम्मेवार लेखकहरु त्यो बिर्सेर नजीकबाट हेर्छन् जीवनलाई । त्यो पीडा सहन्छन्, त्यो भयलाई निल्छन् र त्यो कुरुपताको खरानीभित्र जीवन र सौन्दर्यको अग्निवीज खोज्छन् । आफ्ना पाठकहरुलाई जीवनको सत्य बताइदिन्छन्, आशाको उज्यालो दिन्छन् । ब्रजेश त्यस्तै सर्जक हुन् र यायावर उनको त्यस्तै उपन्यास हो ।-सरोज धिताल